तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा एकजना घाइते

तुलसीपुर, १ चैत । दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा  तुलसीपुर–१८ मनिकापुर निवासी ३९ बर्षीय हेम बहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मनिकापुरबाट हाइवय सडकतर्फ आउदै गरेको रा ८ प २१९० नम्बरको स्कुटी चलाएका हेम बहादुरले अत्यधिक मापसे गरेका कारण नियन्त्रण गुमाउदा आज दिउँसो २ बजेको समयमा स्कुटी पल्टिएर दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते भएका वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।