तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

तुलसीपुर, २१ चैत ।
दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर ५ निवासी गणेश केसीका ४ वर्षीय छोरा सुमन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दोघरेबाट वसपार्क तर्फ आउदै गरेको रा ३ प २९९६ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका केसीलाई दोघरे पुलचोक नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।


घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर ६ गोलौरा निवासी ३५ वर्षीय भानु वुढाथोकीलाई नियन्त्रणमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले जानकारी दिएको छ ।