
तुलसीपुर, २७ फागुन । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित सिद्ध पृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
मंगलबार अखिल क्रान्तिकारीका सुदिप चौधरीको सभापतित्वमा नेतृत्व चयन गरिएको हो ।
जसको उपसभापतिमा पूर्णिमा चौधरी, सचिबमा मनाङकिता कक्रेल, सहसचिबमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, संगीता चौधरीलाई चयन गरिएको छ ।



लाइभदाङ । २७ फाल्गुन २०८१, मंगलवार २२:३५ बजे