तुलसीपुर बसपार्कका ठेकेदार भन्छन्ः‘हामीले लुटेका छैनौं, करोडौं रकम सरकारलाई दिएका छौं’

तुलसीपुर,१७ माघ । तुलसीपुर बसपार्कको ठेक्का पाएको बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भिमबहादुर बुढाथोकीले आफूले सरकारलाई करोडौं रकम बुझाएको बताए ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफू बिरुद्ध बिभिन्न कलोकल्पित कुराहरु बाहिर ल्याएको भन्दै त्यसको खण्डन गर्दै उनले विज्ञप्तिमा भनेका छन्‘हाम्रो कम्पनीले बार्षिक २ करोड ५५ लाख बराबर रुपैँया सरकारलाई बुझाउँदछौं । ता की करोडौं लुटेका छैनौं ।’ कम्पनीले अहिले घाटामै रहेर पनि ठेक्का स्वीकार गरेको बताए ।

बसपार्कलाई ब्यबस्थित र ब्यबसायीहरुको मार बुझेर बस्तुहरुमा ब्यबसायीहरुको मर्का बुझी नियमानुसार लिनुपर्ने कर समेत नलिएको उनले बताए । साथै बसपार्क भित्र कार, मोटरसाइकल, रात्रीकालिन बसेको अलग रकम उठाउन पाउने प्राबधान रहेपनि आफूहरुले नउठाएको उनको भनाई छ ।

घाटामा काम गरिरहँदा पनि प्रोत्साहन गर्नुको साटो केही ब्यक्तिले उल्टै हतोत्साहित गर्ने कार्य गरेको भन्दै बुढाथोकीले त्यस्ता ब्यक्तिलाई सतही रुपमा समाजिक संजालमा प्रस्तुत नहुँन समेत आग्रह गरे । आफूले बसपार्कमा बनाएका ७० वटा नयाँ टहरामा २ करोड लगानी भएकाले केही धरौटी लिएको स्वीकार गरे । यसमा ब्यबसायी र आफूहरुबीच सहमति मै धरौटी लगिएको हो ।


यदि यसमा कुनै शंका लागेमा ९० प्रतिशत शेयर लिएर काम गर्न पनि उनले चुनौति दिएका छन् । उक्त बसपार्क ब्यबस्थापनकालागि २० तुलसीपुर उपमहानगरपालिकासंग २० बर्षे सम्झौता भएको छ । ति सडक निर्माणको काम सकिएपछि आफूहरुले खुल्ला क्षेत्रमा पर्खाल लगाउने,सार्वजनिक शौचालयको सेफ्टी ट्याङ्की बनाउने, टर्मिनल भवन भित्र ठूलो यात्रु प्रतिक्षालय बनाउने तयारी रहेको समेत बताए ।

घर खेत बिक्री गरेर आफूहरुले यी संरचना बनाउन लागेको भन्दै यसमा हत्तोसाहित नबनाउन समेत अनुरोध गरेका छन् ।

No description available.

No description available.