प्रेस चौतारी दाङको अध्यक्षमा डिसी

दाङ,५ पुस ।
प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन भएका छन् । चौतारीको नवौँ अधिबेशनले डिसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सहसचिबमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।


सदस्यहरुमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुवाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल चयन भएका छन् ।