
तुलसीपुर, २१ फागुन । अखिल नेपाल महिला सघ (क्रान्तिकारी) तुलसीपुर नगर पदाधिकारीको बैठक भएको छ। नगर अध्यक्ष सिताराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर खानेपानी र स्ववियु निर्वाचनमा पार्टी सम्बद्ध उम्मेदवारलाई जिताउने निर्णय गरेको हो ।
त्यसकालागि आ–आफ्नो तह र तप्काबाट खट्ने निर्णय गरेको हो । तुलसीपुर खानेपनीको निर्वाचनमा सीताराम शर्मा नेतृत्वको प्यानललाई विजयी बनाउनकालागि खट्ने समेत निर्णय भएको छ ।
त्यस्तै नारी दिवसलाई पनि भब्य रुपमा मनाउने निर्णय गरेको छ । संगठनका नगर अध्यक्ष सिताराज भण्डारीको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य इश्वरी पाण्डेको प्रमुख आतिथ्य एवं प्रदेश सदस्य मिना बुढाको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य केशब वली , नगर सदस्य दुर्गा शर्मालगालते मन्तब्य ब्यक्त गरेका थिए ।
संगठनका तुलसीपुर ९ कमिटि अध्यक्ष इन्द्र कुमारी वलीले स्वागत मन्तबय ब्यक्त गरेको कार्यक्रमको सहजीकण नगर उपाध्यक्ष बालिका बुढाथोकीले गरेकी थिइन ।



लाइभदाङ । २१ फाल्गुन २०८१, बुधबार २३:१४ बजे