भूमे पर्वमा रोल्पा र रुकुम पूर्वमा मात्रै विदा

तुलसीपुर,३२ जेठ ।
लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अबसरमा दुई जिल्लामा मात्रै बिदा दिएको छ ।

यस अघि दाङ, रुकुम र रोल्पामा विदा दिने भनि प्रदेशको आन्तरिक मामिला, काुनन तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको भएपनि त्यसलाई तत्काल सच्चाएको छ ।


सचिब लालबाबु कवारीका अनुसार विहीबार बसेको मन्त्रीपरिषद बैठकले रुकम पूर्ब र रोल्पामा विदा दिएको भनि सूचना जारी गरेको छ ।