दाङबाट हिडेको यात्रुबहाक बस नवलपरासीमा दुर्घटना

दाङ, २३ मंसिर । दाङबाट काठमाडौंका लागि हिडेको ना ७ ख ४०३८ नम्बरको बस पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो ।

आज विहान भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।