एमालेबाट तुलसीपुर खानेपानीमा लामिछाने उम्मेदवार बन्दै, राप्रपासंग तालमेल

तुलसीपुर, २१ फागुन । नेकपा एमालेले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष्ममा पूर्व सचिब मनोज लामिछानेलाई उम्मेदवार बनाउने भएको छ ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसंग तालमेल समेत गर्ने निर्णय गरेको छ । राप्रपालाई उपाध्यक्ष दिएर चुनाबी तालमेल गरेको एमाले निकट स्रोतले बताएको छ ।


एमालेले अध्यक्ष, सचिव, कोषाध्यक्ष र तीन महिला सदस्य र दुई पुरुष खुला सदस्य सहित आठ पदाधिकारी पाउनेगरि समझदारी भएको छ ।

उपाध्यक्षमा राप्रपाले लक्ष्मण केसीलाई उम्मेदवार बनाउने भएको छ । सचिवमा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सपना बस्नेत भण्डारी, महिला सदस्यहरूमा छमा भण्डारी, सुशीला ओली र प्रमिला तिवारीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यस्तै, पुरुष खुला सदस्यमा पदमबहादुर खड्का र सुशील न्यौपानेलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।