राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा दाङका राना नियुक्त

दाङ, ६ फाल्गुन ।
राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानको सिनेट सदस्यमा दाङ घोराहीका बलिभद्र राना नियुक्त भएका छन । प्रतिष्ठानको कार्यकारी परिषदको सिफारिसमा चन्दा तथा जग्गादाताको तर्फबाट प्रधानमन्त्री केपि शर्मा ओलिले रानालाइ सिनेट सदस्यमा नियुक्त गरेका हुन ।

एमालेबाट दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका रानाकै पहलमा घोराही १८ नवलपुरमा रहेको २२ बिगाहा जग्गा प्रतिष्ठानले उपयोग गर्न लागेको हो । कोभिडको बेला पनि नगद तथा सिलिन्डर पनि रानाले सहयोग गरेका थिए ।

नेपाल उद्योग परिषदका केन्द्रिय अध्यक्ष समेत रहेका उनि एमालेको रास्ट्रिय महाधिबेशन प्रतिनिधि पनि हुन । सिनेट सदस्य नियुक्त भएपछि उनले दङ्गालिको घर आगनमा रहेको प्रतिष्ठानलाई विशेषज्ञसहित सबै हिसाबले सुबिधा सम्पन्न बनाउन लागि पर्ने बताए । रानासहित एमालेबाट यमुना थापा पनि प्रतिष्ठानको सिनेट सदस्यमा नियुक्त भएका छन । कांग्रेसको सिफारीसमा घोराही १५ बाट दुई जना सिनेट सदस्यमा नियुक्त भएका छन ।


जसमा कांग्रेस दाङ क्षेत्र नम्बर २ (क) का प्रदेश सभापती प्रकाश श्रेष्ठ(लाला) र पत्रकार सुदिप गौतम नियुक्त भएका छन भने माओबादीबाट सुशिला चौधरी सिनेट सदस्यमा नियुक्त भएकि छिन । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज भएको सिनेट सभाबाट उनिहरु तीन बर्षे कार्यकालका लागि सिनेट सदस्यमा नियुक्त भएका छन ।

सिनेट सभाको अध्यक्षता ग्रहण गर्नु भएका प्रधानमन्त्री केपि शर्मा ओलिले लुम्बिनी प्रदेशकै महत्वपुर्ण सरकारी मेडिकल कलेजकोरुपमा रहेको प्रतिष्ठानको बिकासका लागि आफु सदैब सकारात्मक रहेको बताए । उनले प्रतिष्ठान गौरबको योजनाको रुपमा रहेको चर्चा गर्दै यसको विकासका लागि सबैको एकताबद्ध पहल आवश्यक रहेको कुरामा जोड दिए । उनले ४ सय बेडको अस्पताल अघि बढाउन आफुले बजेट ब्यबस्थापन गरेर सहयोग गर्ने बिश्वास दिलाए ।

सिनेट सभाबाट अघिलो दुई आर्थिक वर्षको खर्च अनुमोदन गरेको र चालु आवको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गरेको रजिस्ट्रार प्रा.श्याम लम्सालले बताए । उनले नवलपुरको जग्गा अब क्याबिनेटबाट अघि बढाउन सिनेट सभाले अनुमति दिएको र ४ सय बेडको कार्य योजना पास भएको बताए । उनले जग्गा प्राप्तीपछि बस्ने सिनेट बैठकबाट सेवा आयोगको अध्यक्षसहितले पुर्णता पाउने पनि बताए ।