तुलसीपुर खानेपानीमा आज उम्मेदवार मनोनयन

तुलसीपुर, २१ फागुन । दाङको तुलसीपुर खानेपानीको उम्मेदवार मनोनयन आज(बुधबार) हुने भएको छ ।

२ चैतमा तोकिएको निर्वाचनकालागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको हो ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ ।


त्यस्तै नामावली प्रकाशन बेलुकी ५ बजे, उम्मेदवार उपर दावी विरोध विहीबार विहान १० बजेदेखि ३ बजेसम्म र फिर्ता लिने समय आईतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म र अन्तिम उम्मेदवारको नामावली प्रकाशन फागुन २६ गते सोमबार विहान ११ बजे हुने कार्यतालिका रहेको छ ।

May be an image of text