जलाशयले फेरिएको जीवन शैली : किनेर खानेहरु तरकारी बेच्न थाले

दीपक बोहरा

नगरपालिकाले बहुआयामिक बनाउने उद्देश्यसाथ निर्माण गरेको ड्याम सिंचाइका लागि बरदान नै भएको छ

दाङ । बर्गदीका छल्लु चौधरीको भान्छामा भातसँगै दाल, तरकारी, अचार नपाकेको छाकै हुँदैन । भान्छामा आवश्यक चिजबिज किन्न बजार पनि जानु पर्दैन त्यसैले खानमा उनको परिवारले कहिल्यै कन्जुस्याइँ पनि गर्दैन । जे खान मन लाग्यो आफ्नै बारीमा भए पनि मीठै खानु प¥यो नि, छल्लु भन्छन् ।
केही वर्षअघिसम्म भने दाल भए तरकारी हुँदैन थियो रे । त्यो पनि पु¥याएर खानुपर्ने । घोराही उपमहानगरपालिका वडा नं. १७ बर्गदीका यो चौधरी परिवारलाई अब कुनै पनि तरकारी किनेर खानुपर्दैन । सबै चिज खेतबारीमा लठरम्म फलेका छन् । उतिबेला खेतमा एक खेतीमात्र लाग्थ्यो । सधैं बाँझै हुन्थ्यो । आम्दानीको स्रोत केही थिएन । तर, तरकारी रासन सबै किन्नु पर्ने । समस्यै समस्याले गाँजेको थियो परिवारमा ।

समय बित्दै जाँदा घोराही उपमहानगरले यही ठाउँमा जलाशय बनाइदियो । ठूलो भूमि तर उत्पादन एकदमै कम हुने समस्याको समाधानतर्फ नगरले केही सोच बनायो र ठूलठूला जलाशय बनाउने निर्णय ग¥यो । जब जलाशय बने, पानीको प्रयाप्तता भयो अनि बस्तीमा उत्पादन बढ्यो र आम्दानीको स्रोत खुल्यो ।
अब भने गाउँलेको जीवनस्तर बदलिएको छ । बाँझो र सुख्खा रहने खेतहरु तरकारीले हरियाली भएका छन् । त्यही तरकारीबाट उनीहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । छल्लु भन्छन्‘सधैं तरकारी किनेर खाने हामी अहिले बेच्छौं पनि । यसकै कमाइले परिवार पाल्नमात्र होइन, दुई÷चार जोगाड पनि गरेका छौं ।’

जलाशय निर्माणपछि सिंचाइको सहज पहुँच पुग्दा किसानहरु उत्साहित छन् । अहिले वार्षिक करिब ५ लाखसम्म आम्दानी हुने चौधरी बताउँछन् । पहिले बर्षादको समयमा मात्रै धान रोपिन्थ्यो, त्यो पनि आकासे पानीको भरमा । अब भने बाह्रै महिना मन लागेको खेती लगाउन पाउने भएका छन् । ‘सिंचाइ सुविधा नहुँदा आकासे पानीको विकल्प थिएन,’ उनी भन्छन्‘जब जलाशय निर्माण भयो, त्यसपछि हामीले वैशाखमा मकै खेती त्यसपछि धान खेती गर्छौ । धान काटेको केही दिन पनि खेत खाली रहन्न । तरकारी लगाउन हतार हुन्छ ।’
यहाँका किसानले वर्षमा दुई सिजन त तरकारी खेती गर्छन् । मौसमी, बेमौसमी दुवै खालको बाली तथा तरकारी खेती मनग्य हुन्छ । यसबाट खानमात्र होइन आम्दानी पनि राम्रो हुने स्थानीय किसान बताउँछन् । हिउँदमा पनि बोडी, सिमी, भिन्डी, काक्रा टमाटर तरकारी बाली हुन्छ । तोरी, मकै, गहुँ पनि अति राम्रो उत्पादन हुन्छ ।

उपमहानगरले जलाशय बनाएपछि कुनै जग्गा कतिखेरै बाँझो नरहने किसानहरु बताउँछन् । ‘अधिकांश जमिन बाँझै राख्नु पथ्र्यो, युवाहरु विदेसिन्थे । किसानहरु काम नपाएर सधैं भौतारिनु पर्ने,’ उनले भने, ‘अहिले अबस्था फेरिएको छ, गाउँ नै हराभरा छ, आर्थिक हिसाबले सशक्त भएको आभाश हुन्छ ।’ चैत÷बैशाखको खडेरीमा हरिया मकैका घोगा बेच्न पाउँदा आनन्द महसुस हुने अनुभव किसानहरु सुनाउँछन् ।

यो गाउँको छल्लुमात्र होइन्, सबै कृषिकर्ममै आबद्ध छन् । दाङका प्रायः बजारहरुमा यही गाउँका तरकारी पुग्छन् । सोही ठाउँका अर्का किसान प्रेम रावतले भने ‘हामीले उत्पादन गरेको तरकारी दाङका विभिन्न बजारमा पुग्ने गर्छ ।’ केहीले आफ्नै जग्गामा त, केहीले भाडामा लिएर पनि व्यावसायिक रुपमा तरकारी खेती गर्ने गरेका छन् । प्रायःले ४÷५ कठ्ठामा व्यावसायिक खेती गर्ने गरेका छन् । रावतले धान भित्र्याएलगतै तरकारी रोप्ने तयारी सुनाए ।

पर्याप्त पानी नहुँदा धान भित्र्याएपछि खेती बाँझै हुन्थ्यो । ‘कहिलेकहीँ मसुरो छथ्र्यौ, त्यो पनि राम्रो हुँदैनथ्यो, अहिले त धान भित्र्याउन भएको छैन तरकारी रोप्ने हतार भइहाल्छ,’ उनले भने ‘अब त धान काट्नेबित्तिकै प्याज, गोपी, टमाटर, आलु रोप्ने तयारीमा छु ।’ उनी पनि गाउँमा रोजगार नभएपछि १२ वर्ष विदेश बसेका थिए । विदेशबाट फर्किँदा ड्याम बनिसकेको थियो । त्यसपछि उनले गाउँमै तरकारी खेती गरेर बस्ने निधो गरे । भन्छन्, ‘त्यो मेरो निर्णय सहीसावित भएको छ, यसले राम्रो आम्दानी दिएको छ ।’ ९ कठ्ठा जग्गा भाडाको र आफ्नै जग्गा गरी ११ कठ्ठामा व्यावसायिक तरकारी खेती गरेको उनी बताँउछन् ।

यही पेसाबाट उनी वर्षमा ८ देखि १० लाखसम्म कमाउने भएका छन् । ‘विदेश बस्दा कमाई भए खासै जोगिँदैन थियो । घरमा चामल, दाल, तरकारी किन्नै ठिक्क हुन्थ्यो,’ उनले भने, ‘अब घरमै तरकारी खेती र अन्नपात पनि हुन्छ अनि परिवारसँगै बस्न पाइने, अर्गानिक खानेकुरा पनि खान पाइने र आम्दानी हुने हँुदा फाइदैफाइदा भएको छ ।’ विदेशबाट फर्किएका राजु चौधरी पनि करिब ५ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्छन्् । उनी पनि ३ वर्ष विदेशमा बसे । अहिले घरमै बसेर मासिक ५ लाखभन्दा बढी कमाउँछन् ।

सिंचाइमात्रै होइन, निर्माण भएका यी ड्याममा माछापालन पनि उत्तिकै फस्टाएको छ । जलाशयमा माछा पालिएको छ । अब केही समयमा बेच्न हुन्छ । माछाका भुरा पनि घोराही उपमहानगरपालिकाबाटै प्राप्त भएको हो । बर्गदी गाउँका १४/१५ किसानले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । यहीबाट वार्षिक १५ देखि २५ क्वीन्टलसम्म तरकारी बिक्री हुन्छ । तरकारीसँगसँगै अन्न पनि उत्तिकै राम्रो हुन्छ । ‘हामीले वर्षमै २५ क्वीन्टलसम्म तरकारी बिक्री गरेका छौं,’ छुल्लुले भने, ‘हामीले उत्पादन गरेको धान, मकैै, गहुँ, तोरीबाट पनि राम्रो आम्दानी हुन्छ । केहीले बंगुर, भैंसीपालन पनि गरेका छन् । यो पनि आम्दानीको राम्रो स्रोत भएको छ ।’


किसानले उत्पादन गरेको तरकारी तथा अन्न बजारीरण गर्न पनि सहज छ । जति उत्पादन भए पनि बजारको समस्या छैन । ‘हामीले उत्पादन गरेको तरकारी बजारमा सहजै बिक्ने गरेको छ,’ छल्लुले भने, ‘तर, बजार प्रतिस्पर्धाले कहिलेकाही राम्रो भाउ पाइँदैन ।’

जलाशय निर्माणले खेती गरेर गुजारा गर्नेलाई बरदानै भएको छ । सोही ठाउँमा रहेको आरोग्य जलाशयमार्फत उनीहरुले तरकारी खेती गरिरहेका छन् । जुन जलाशयले ५० देखि ६० बिघा खेत सिंचाइ भएको छ ।

जलाशय निर्माणसँगै न्यूनतम किसान आत्मनिर्भर बनेकामा घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी सन्तुष्ट छन् । ‘हामीले यी ड्यामलाई बहुआयामिक बनाउने उद्देश्यसाथ निर्माण गरेका हौं, यो सिंचाइका लागि बरदान नै भयो,’ मेयर चौधरी भन्छन्, ‘हामी अहिले औधी खुसी छौं, लक्ष्यअनुसारको उपलब्धिका रुपमा लिएका छौं ।’

घोराही उपमहागनरले यस्तै २६ वटा जलासय निर्माण गरेको छ । घोराहीभित्रको ४०५.२६ हेक्टर जमिनमा सिंचाइ पुगेको छ । यो बहुउपयोगी भएकाले उपमहानगरले लगानी गरेको उनको कथन छ । ‘ती ड्याम बहुउपयोगी छन्,’ उनले भने, ‘त्यसैले हामीले जलाशयमा लगानी पनि बढाएका छौं ।’

उपमहानगरले प्रत्येक वडामा जलाशय निर्माण नीति अघि सारेको प्रमुख प्रशासकीय अधिृकत केसीले बताए । घोराहीको नीतिमा प्रदेश सरकार, सिंचाइ डिभिजन कार्यालय, बृहत दाङ उपत्यका सिंचाइ आयोजनाले सहयोग पु¥याउँदै आएको उनले सुनाए । यसले किसानलाई उत्साह थपेको छ । अहिले बेरोजगार युवा पनि व्यावसायिक कृषिमा प्रेरित भएका छन् । कृषि नै समृद्धिको आधार रहेको भन्दै कृषि क्षेत्रलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । यी ड्यामबाट सिंचाइमात्रै नभएर माछापालनका साथै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने प्रमुख केसी बताउँछन् ।
घोराही उपमहानगरपालिकाले अहिलेसम्म जलासयकालागि ११ करोड ४८ लाख ७२ हजार ४९ सय रुपैँया खर्च भएको छ । चालु आर्थिक बर्ष आर्थिक बर्ष २०७८÷०७९ मा ५० लाख बजेट बिनियोजन गरिएको छ । उक्त बजेट मर्मत तथा विस्तारमा खर्च गरिने भएको छ । जनप्रतिनिधि आएपछि घोराही उपमहानगरपालिकाले जलासयलाई प्राथमिकता दिएर अघि बढाएको हो ।

सिंचाइका लागि निर्माण गरिएका ड्याम अन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरी स्थानीय उपभोक्ताले परिकल्पना गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. २ र ४ मा पर्ने सरेसोता जलाशयका उपभोक्ता श्यामलाल भण्डारी भन्छन्, ‘ड्यामले हामीलाई सिंचाइमात्रै होइन, माछा पाल्न पनि पाएका छौं । अबको केही समयमा डुंगा पनि भित्र्याउने सोँच बनाएका छौं ।’

निर्माण भएका ड्यामहरु हेर्दा मनोरम देखिन्छन् । कुनै प्राकृतिक तालभन्दा कम छैनन् । ती ताल हेर्न आउने पनि बढेका छन् । केही समयअघि निर्माण पूरा भएको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरस्थित चेपे तालमा पुगेर फोटो खिच्नेको उत्तिकै घुइँचो लाग्ने गरेको स्थानीय रामबहादुर चौधरीले बताए । जसले गर्दा स्थानीयस्तरमा आम्दानीको स्रोत बढिरहेको छ । साभार : अग्रिम साप्ताहिक

May be an image of text that says 'ाडतुलसीपुरबाट प्रकाशित अगिम समाजवादको यात्रा www.livedang.com साप्ताहिक WEEKLY २०७६ असोज (Agrim Weekly, Oct.04 Monday 2021) पृष्ठ६ जलाशयले फेरिएको जीवन शैली: किनेर खानेहरु तरकारी बेच्न थाले नगरपालिकाले बहुआयामिक बनाउने उद्देश्यसाथ निर्माण गरेको डयाम सिंचाइका लागि बरदान नै भएको छ। गरिएको ६ सय पर्नें तेलको ੧੩ सय यूवला खुलकाल समय उपभोक्ताहर त्यसपछिनमानेमा सामानको 9804507967 RESTR 9 2pm Special Khaja set & FASTFOOD 5'