भ्रष्टाचार विरुद्ध तुलसीपुरमा वाईसिएलको समर्थन सभा

तुलसीपुर,२९ वैशाख । वाईसिएल दाङले तुलसीपुरमा भ्रष्टाचार विरुद्ध सरकारले चालेको कदमको समर्थन गर्दै सभा गरेको छ । वाईसिएल दाङका संयोजक माधव बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वाईसिएलका नेता हरिश गिरीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले अहिले गरेको काममा सबै नागरिकले समर्थन गर्नुपर्ने बताएका थिए ।

मुलुकमा लामो समयदेखिको राजतन्त्र अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न माओवादीको भूमिका महत्वपूणर् रहेको र अब भ्रष्टाचार विरुद्ध पनि एउटा युद्ध नै सुरु गरेकाले यसमा सबैले साथ दिनुपर्ने बताए ।


त्यस्तै वाइसिएलका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अमर नेपाली माइकलले सरकारको यो कदममा पार्टीले मात्रै नभई आम देशवासीले सहयोग गर्नुपर्ने बताए । मुलुकको हितकालागि चालिएको यो कमदले मुलुकलाई समृद्ध बनाउन मद्धत पुग्ने बताए । मुलुकमा भ्रष्टाचारको जालोले घेरेको अबस्थामा यो कदमले समृद्ध समाज निर्माणकालागि धेरै सहयोग पुग्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, प्रदेश कमिटि सदस्य अनुपम खड्का, पार्टीका तुलसीपुर सल्लाहकार कमिटि संयोजक केएल भण्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वाईसिएलका नेता हेमेन्द्र शाहीले गरेका थिए ।