
तुलसीपुर, २१ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा अक्षर सुधार कार्यक्रम भएको छ । वडा भित्रका महेन्द्र माध्यमिक विद्यालय , पशुपति मा वि हरीपौरी, जनमुखी प्रावि टरिगैँ , जनकल्यान प्रावि क्वाङीका विद्यार्थीहरुलाई अक्षर सुधार कार्यक्रम गरिएको हो ।
डिभाइन इन्स्टिच्यूटले उक्त तालिम प्रदान गरेको हो । जसको प्रशिक्षक हिमाल डाँगी थिए । उनले सुन्दर अक्षर लेखनको अभ्यास र बिकासले बिद्यार्थीहरुको चौतर्फी व्यक्तित्व निर्माणमा समेत सहयोग पग्ने बताए । सुरुमा अनुहार जस्तै अक्षर देखिने भएकाले यस्लाइ सुन्दर तरिकाले लेख्नु पर्ने र अक्षरकै कारण बिद्यार्थीको परिक्षामा प्राप्त गर्ने अंकमा पनि फरक पर्ने उनले बताए ।
विद्यार्थी जीवनमा अक्षरको महत्व रहने भन्दै यस्तो तालिम प्रभाबकारी हुने वडाध्यक्ष खुसीराम चौधरीले बताए । अक्षर लेख्ने टेक्निक जानेर अभ्यास निरन्तर गरिराखेमा बिद्यार्थीहरुमा राम्रो अक्षर लेख्ने बानिको बिकास हुने उनले बताए ।
अनिवार्य दुई घण्टा लेख्नु पर्ने बिश्वका विभिन्न देशले कानुन नै बनाएको अबस्थामा नेपालले पनि यसमा ध्यान दिनुपर्ने उनको भनाई छ । मोवाईलको स्क्रिनमा समय व्यतित गर्दा वच्चाहरुमा बिभिन्न प्रकारका शारिरीक , मानशिक र संवेगात्मक समस्याहरु देखिएकाले यस्तो समस्या समाधान गर्न हस्तलेखन महत्वपूर्ण हुने उनको भनाई छ ।
त्यस अवसरमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु तथा प्रअहरुले यस्ता कार्यले विद्यार्थीहरुलाई सहयोग पुग्ने बताएका थिए ।



लाइभदाङ । २१ फाल्गुन २०८१, बुधबार ०८:५५ बजे