
तुलसीपुर, २१ फाल्गुन ।
दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत पु¥याउने गरि काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत नपुगेको भन्दै ति स्थानमा विद्युत पु¥याउने गरि काम अगाडी बढाईएको नेपाल विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीलले बताए ।
उनका अनुसार अझै पनि यी क्षेत्रका ४ हजार दुई सय बढि घरधुरीमा विद्युत नपुगेकाले ति क्षेत्रमा विद्युत पु¥याउनकालागि प्रक्रिया अघि बढेको हो ।“म प्रमुख हुँदासम्म यहाँका विकट बस्तिका घरहरुमा विद्युत पु¥याउने योजना छ, जिल्लाका विकट बस्तिहरुमा अझै पनि विद्युत पुगेको छैन”, प्रमुख गोशलीले भने “त्यसकालागि प्रक्रिया अघि बढिसकेको छ ।” ति बस्तिहरुमा विद्युत पु¥याउनकालागि करिब २५ करोड बजेट सुनिश्चित भइसकेको समेत बताए । त्यो बजेट कार्यान्वयन भएमा सबै ठाउँमा विद्युत पुग्ने उनको भनाई छ ।
चीनको एआईआईबी बैंकको लगानीमा विद्युत विस्तार हुन लागेको हो । “दाङजस्तो विकसित जिल्लामा समेत अझै पनि विद्युत नपुगेको ठाउँ छ, भन्दा अच्चमा लाग्ने गर्छ”, प्रमुख गोशलीले भने “अब सबै ठाउँ विद्युत पुग्यो, भन्ने बनाउनुछ ।” दंगीशरण गाउँपालिकाको वडा नं. १, शान्तिनगर गाउँपालिकाको वडा नं. १, २ र ३, बबई गाउँपालिकाको वडा नं. १, ५ र ७ तथा तुलसीपुर उपमहानगरपालिकाको १,३, ४, ८ र १२ नम्बर वडाका केही बस्तिमा अझै पनि विद्युत पुग्न सकेको छैन । केही समय अघि दाङको तुलसीपुर ४ खुमखानी, शान्तिनगर गाउँपालिका वडा नं. १ बस्तिखोला, हारीचारजस्ता विकट ठाउँमा विद्युत पु¥याईएको थियो । साभारः अग्रिम साप्ताहिक
तुलसीपुरमा ८ सय ८८ जनाको लाइन काटियो
![]()
![]()
![]()



लाइभदाङ । २१ फाल्गुन २०८१, बुधबार ०८:२९ बजे