टरिगाउँ हरीपौरा खानेपानी समितिको अध्यक्षमा बस्नेत विजयी

तुलसीपुर, ७ भदौ ।
तुलसीपुर–१२ मा रहेको टरिगाउँ हरीपौरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको अध्यक्षमा कांग्रेस–माओवादी गठबन्धनका डिल्ली बहादुर बस्नेत निर्वाचित भएका छन्।

कांग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत २ सय ६२ मत ल्याई अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत पुष्कर भण्डारीले जानकारी दिए । अध्यक्षका प्रतिस्पर्धि एमालेका उम्मेदवार देव बहादुर डाँगीले २ सय ९ मत ल्याएका थिए भने स्वतन्त्रका शरद वलीले १ सय मत ल्याएका थिए ।

शुक्रवार राती सम्पन्न भएको अन्तीम मत परीणाम अनुसार एमालेले सचिव र एक सदस्य बाहेक सबै पदमा कांग्रेस माओवादीको प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा डिला केसी २ सय ३४ मत ल्याई विजयी हुँदा एमालेबाट कमला खत्रीले २ सय २७ मत ल्याउदा स्वतन्त्रबाट मोतीकला ओलीले ६८ मत प्राप्त गरेकी छन् ।


यस्तै, सचीवमा नेकपा एमालेका खगेन्द्र अधिकारी २ सय ५८ मत ल्याई विजयी भएका छन् । कांग्रेस माओवादी प्यानलका हरीचरण चौधरीले २ सय १२ मत ल्याउदा स्वतन्त्रका टंक नेपालीले ६५ मत ल्याएका थिए । कोषाध्यक्षमा कांग्रेस माओवादी प्यानलका श्याम कुमार आचार्य २ सय ७४ मत ल्याई निर्वाचित हुँदा एमालेका खोपीराम डाँगीले २ सय २१ मत ल्याएका थिए । स्वतन्त्रका चुर्ण बहादुर चौधरीलाई ५९ प्राप्त भएको थियो ।

यस्तै महिला सदस्यहरुमा कांग्रेस माओवादी प्यानलबाट तुलसी केसी २ सय १९, सावित्री भण्डारी खड्का २ सय ३९ मतका साथ विजयी भएका छन् । खुल्ला सदस्यमा एमालेबाट प्रचण्ड अधिकारी १ सय ९८,कांग्रेस माओवादी प्यानलका गजाधर चौधरी २ सय ५ र पुर्ण बहादुर ओली २ सय २८ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

वडा नम्बर ११ र १२ का गरी कुल ७ सय १३ मतदाता रहेको खानेपानी संस्थामा ६ सय १२ मत खसेको थियो ।