दोस्रो चरिङ्गे कप सेभेन ए साइड फुटवल प्रतियोगिता कार्तिक २२ गते बाट हुदै

दाङ, १७ कार्तिक ।
दाङको घोराहि उपमहानगरपालीका वडा नं. १ बुकामा यहि कार्तिक २२ गते देखी दोस्रो चरिङ्गे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । गत बर्ष देखि द युनाइटेड युथ क्लव बुकाले सेभेन चरिङ्गे कप ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यसै अन्तर्गत दोस्रो प्रतियोगिताको रुपमा यहि २२ गते देखि प्रतियोगिताको आयोजना गर्न लागेको क्लवका सचिव रोशन महराले बताए । स्वास्थ्यका लागि खेलकुद, र घोराहि १ बुकामा रहेको चरिङ्गे दहलाई स्थानिय स्तरमा परीचित गराउने उद्धेश्यले बिभिन्न संघसंस्थाको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो ।


मोफसलमा फुटवल खेललाई बचाईराख्न र नवप्रतिभावान् खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्य पनि रहेको द युनाइटेड क्लवका सचिव महराले बताए । सचिव महराले उक्त प्रतियोगितामा घोराहि उपमहानगरपालिका भित्रका १९ ओटै वडाबाट प्रतियोगितामा भाग लिन पाउने जानकारी दिएका छन ।

उक्त प्रतियोगिताको विजेताले नगद रु. १५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र पाउने क्लवका अध्यक्ष फनाधर पोख्रेलले जानकारी दिएका छन । प्रतियोगितामा भाग लिन यहि १९ गते सम्म समुह दर्ता गरी सक्नुपर्ने र टिम दर्ता शुल्क रु. १५०० रहेको पनि क्लव सबैमा आह्वान गरेको छ । टिम दर्ता र थप जानकारीको लागि ९८०६२१८४४३ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।