माओवादी केन्द्र तुलसीपुर १० को अध्यक्षमा पुनः रेग्मी

तुलसीपुर, २१ मंसिर । नेकपा माओवादी केन्द्र तुलसीपुर १० को अध्यक्षमा पुनः शम्भु रेग्मीलाई चयन गरिएको छ ।

शुक्रबार भएको तेस्रो वडा सम्मेलनले रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा चन्द्रबहादुर हमाल, सचिबमा निम कुमार चौधरी,सहसचिबमा जलबहादुर चौधरी र कोषाध्यक्ष जमुना विकलाई चयन गरिएको छ ।


पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा मास्कीले पश्चिम दाङमा आफ्नो पालामा इतिहासमै धेरै विकास बटेज ल्याएको बताए ।

उनले आफ्नो जिम्मेवारी नै विकास गर्ने नै रहेको भन्दै आफू सधै विकासमै लागि पर्ने बताए ।