काँग्रेस तुलसीपुर नगर कार्यसमितिको बैठक

तुलसीपुर
४ पुस / नेपाली काँग्रेस तुलसीपुरले आफ्नो भवन निर्माणको कामलाई तिब्रताकासाथ अघि बढाउने निर्णय गरेको छ । नगर सभापति शुरेस हमालको अध्यक्षतामा शनिबार भएको बैठकले बिभिन्न विभागहरुलाई पूर्णता दिने निर्णय गरेको प्रबक्ता पूर्णबहादुर डाँगीले जानकारी दिए ।

त्यस्तै काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतका प्रदेश क्षेत्र, जिल्ला, क्षेत्र, प्रदेश तथा संघीय निर्वाचनमा विजय भएका पदाधिकारीहरुलाई बधाई ज्ञापन समेत गरेको छ ।


उपसभापति विनिल केसीले स्वाागत मन्तब्यबाट सुरु भएको बैठकमा उपसभापति गौरव सुवेदीले धन्यवाद ज्ञापना गरेका थिए, भने सहजीकरण सचिव सुशील ओलीले गरेका थिए ।