अब हामी पनि गाडी भाडा बढाउछौ – अध्यक्ष श्रेष्ठ

शिव राज खनाल,

दाङ २० फागुन ।

राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले ढुवानिको भाडा बढाउने बताएका छन्। पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएका कारण थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको ट्रक व्यावसायि समिति का अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए ।

‘यो त अति भइसक्यो। हामीले सरकारलाई कर कटौती गरेर विकल्प खोज्ने हो कि भनेका थियौँ खोजेन , मूल्य बढाइरह्यो अब हामी पनि मालबाहक साधन को भाडा बढाउँछौँ,’ – अध्यक्ष श्रेष्ठले भने । लामो समय कोरोना कारण चपेटामा परेको यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन नसकेको अवस्थामा पुगिरहेका बेला आयाल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप मर्कामा परेको व्यावसायिहरुको भनाइ छ ।


यसरी पटक पट्क इन्धनको मूल्य बढदा व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई समेत प्रत्यक्ष असर परिरहेको छ । यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकोमा हाल १५० रुपैयाँ पुगिसकेको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ हो। पटक पटक डिलेज र पेट्रोलमा प्रतिलिटर २५/२५ रुपैयाँका दरले बढेको प्रति ध्यानाकर्षण भएको राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायिक समितिले जनाएको छ। बढाइएको मूल्य तत्काल फिर्ता लिनसमेत आग्रह गरेको छ। बढाइएको मूल्य नघटाउने हो भने हाल बृद्धि गरिएको मूल्यको आधारमा ढुवानी भाडा समायोजना गर्न बाध्य हुने प्रसासनिक सचीव उमेश चन्द्र मजगैयाले जानकारी दिए।

No description available.