दाङमा यात्रुबहाक बस दुर्घटनाः कम्तिमा १५ जना घाइते

दाङ, ६ फागुन । दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस बबई गाउँपालिका वडा नं. २ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।


मंगलबार राति ९ बजेतिर दुर्घटना हुँदा गाडीमा सवार कम्तीमा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार घाइतेको उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि ल्याईएको छ । गाडीमा ६० भन्दा बढि यात्रु रहेको अनुमान गरिएको छ । गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।