राप्ती ववईको क्याम्पस प्रमुखमा पार्धे

तुलसीपुर,२५ वैशाख । राप्ती ववई क्याम्पस तुलसीपुरको क्याम्पस प्रमुखमा गणेश पार्धेलाई चयन गरिएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले पार्धेलाई क्याम्पस प्रमुखमा चयन गरेको क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले बताए ।


उनका अनुसार पार्धेले मंगलबार पदभार ग्रहण गर्नेछन् ।

यस अघि युवराज रावत क्याम्पस प्रमुख थिए ।