लडेर वडा सदस्यको मृत्यु

दाङ ३ पुस ।
सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ । छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजादैँ गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो ।
मृतक पुनको शुक्रबारैै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ । मृतक पुनका श्रीमती र एक छोरा हुनुहुन्छ ।