दाङमा राप्ती नदिमा बगेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला

तुलसीपुर, २२ कात्तिक । दाङमा राप्ती नदिमा बगेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका –३ कालीपुरुवा निवासी रामकुमार यादबको १६ वर्षीया छोरी विद्यावती यादव रहको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाले जानकारी दिनुभयो ।


हिजो साँझ करिब सवा ७ बजे भैँसी चराइ घर तर्फ फर्किदै गर्दा लमही नगरपालिका– ८ दुईघरवा स्थित राप्ती नदीमा भैँसी तार्ने क्रममा बगी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बालिका आज बिहान धनपुरुवा स्थित राप्ती नदिको बिच भागमा मृत अवस्थामा फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।