गुरुकुल एकेडेमी तुलसीपुरद्धारा विद्यार्थीसंग मेयर कार्यक्रम सम्पन्न

तुलसीपुर, ६ फाल्गुन ।
गुरुकुल एकेडेमी तुलसीपुरले एक विशेष कार्यक्रम (विद्यार्थीसंग मेयर) को आयोजना गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का रहनुभएको थियो। कार्यक्रम विद्यालयका विद्यार्थीहरू तथा अभिभावकहरुका लागि एक महत्वपूर्ण अवसर बन्न पुगेको थियो। यस अवसरमा मेयर खड्काले विद्यार्थीसँग संवाद गर्दै, तिनीहरूको शैक्षिक अवस्थाका बारेमा चर्चा गरे र भविष्यमा के कस्ता पहल गरिने छ भन्ने कुरा प्रस्तुत गर्नुभएको थियो ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक गिरीले विद्यालयको शैक्षिक वातावरण र विद्यार्थिहरूसँगको सम्बन्धका बारेमा आफ्नो विचार व्यक्त गर्दै, मेयरको उपस्थितिलाई महत्त्वपूर्ण मान्नुपर्ने बताउनुभयो। उहाँले कार्यक्रमले विद्यार्थीहरूको सामाजिक र शैक्षिक विकासका लागि नयाँ दिशा दिन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।


गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा कार्यक्रम् सम्पन्न भएको कार्यक्रमको सहजिकरण विद्यालयका सहप्रधानाध्यापक ज्ञानेन्द्र बुढाले गर्नुभएको थियो। सहप्रधानाध्यापक बुढाले विद्यार्थीहरूको प्रश्नहरूको जवाफ दिने क्रममा उनीहरूको शैक्षिक र सामाजिक समस्या समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस कार्यक्रमले विद्यार्थीहरूलाई मेयरसँग सीधा कुरा गर्न र आफ्ना चासोहरूको बारेमा जानकार बनाउने अवसर दिएको छ। मेयर खड्काले विद्यार्थिहरूलाई आफ्नो भविष्य निर्माणमा मिहिनेत र समर्पणका साथ अघि बढ्न प्रोत्साहित गर्दै, स्थानीय सरकारको सहयोग पनि प्राप्त गर्नका लागि प्रेरित गर्नुभयो।