
दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा वली दाङ आएका छन् ।
सोमबार दिउसो पौने १ बजे उनी लुम्बिनी प्रदेशको स्थायी राजधनी देउखुरी आएका हुन् ।
हेलिकप्टर मार्फत उनी देउखुरी आएका हुन् ।
प्रधानमन्त्री वलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितले स्वागत गरेका हुन् ।
उनले अहिले केही बेरमा लुम्बिनी प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि एमाले दाङको आयोजनामा दाङको घोराहीमा भएको जनसभालाई दिउसोे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले बताए ।
त्यसपछि दाङको तुलसीपुर स्थित कोमल रिसोर्टलाई उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उनी हेलिकप्टरबाटै घोराही र तुलसीपुर आउनेछन् ।



लाइभदाङ । ५ फाल्गुन २०८१, सोमबार १२:४९ बजे