सक्सेस एक्स्पोमा विद्यार्थीले देखाए प्रतिभा

तुलसीपुर, ३ फाल्गुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ मा रहेको सप्तरंगि इङलिस मिडियम स्कुलले सक्सेस एक्स्पो २०८१ मनाएको छ । त्यस क्रममा विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । विभिन्न भेषभुषा समेटिएका कला संस्कृति प्रस्तुत गरेका थिए, भने विज्ञानलगायतका प्रदर्शनी पनि गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले अब सीपयुक्त शिक्षा आबश्यक रहेको बताए ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसी, पर्यटन शाखा अधिकृत झरेन्द्र खरेल, गोरखा मोडेल कलेजका प्रमुख पूर्णबहादुर डाँगी, अप्टिमिष्ट क्लब तुलसीपुरका संस्थापक अध्यक्ष मानबहादुर बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालय कोर्डिनेटर बिमल नेपाल स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षक गोपाल गिरीले गरेका थिए।