तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

तुलसीपुर, ९ मंसिर ।
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको लम्कीचुहा नगरपालिका ८ कुन्तिखेतका २४ वर्षीय विकास भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुरको रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल गयराती तुलसीपुर ७ गैरापातु नजिकै आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।


मृतकको शव अहिले प्रादेशिक अस्पतालमा पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।