
तुलसीपुर, १ फागुन । ३० औं जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता गरेको छ ।
अखिल क्रान्तिकारी दाङ जिल्ला समितिका उपाध्यक्ष भद्रबहादुर खत्री ‘भुपेश’को अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।



प्रतियोगितामा प्रथम हुन सफल रोशमी थापालाई रु आठ हजार, प्रमाणपत्र, द्वितिय हुने भुपेन्द्र न्यौपानेलाई रु पाँच हजार र तृतिय हुने पारश वलीलाई रु तीन हजार र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सचिब हिरालाल वलीले गरेका थिए ।
लाइभदाङ । १ फाल्गुन २०८१, बिहीबार २३:१५ बजे