कैदीका लागि भिटामीन र न्यानो कपडा बितरण


सुशील बस्नेत
दाङ,३ पुस

कारागार कार्यालय तुलसीपुरका थुनुवा कैदीहरुलाई पौष्टीक आहार बितरण गरिएको छ ।
कारागार ब्यबस्थाबिभागले बिनियोजना गरेको रकमबाट दीर्घ रोगी थुनुवा कैदीलाई दुई महिना पुग्ने गरि भिटामीन ओखती,च्यामन परास र २ क्यारेट कुखुराको अण्डा बितरण गरिएको कारागार शाखामा कार्यरत स्वास्थ्यकर्मी द्रोण वलीले जानकारी दिनुभयो ।

स्वास्थ्य समस्याका कारण कम्जोर स्वास्थ्य अबस्था भएका १७जनालाई अन्डा,टनीक र च्यामन परास बितरण गरिएको जेलर अमर बहादुर वलीले जानकारी दिनुभयो ।
गत बर्ष यस किसिमको कार्यक्रम नभएकाले कैदीहरुले पौष्टीक आहार पाउने गरेकाथिएन् । यस पटक प्राप्त गरेपछि थुनुवा कैदीहरु खुसी भएका छन् । हाम्रो स्वास्थ्य अबस्थालाई ध्यानमा राखि कारागार शाखाले पौष्टिक आहार तथा ओखती बितरण गरेको छ,दिर्घरोगी थुनुवा कैदी गोरखबहादुर खड्काले बताउनुभयो ।


स्वास्थ्य अबस्था कम्जोर देखिने खड्काले तुलसीपुर स्थीत कारगारमा आएको १ बर्ष पुरा भएको बताउनुभयो ।
अर्का कैदी पुरुषोत्तम भण्डारीले पनि खुसी ब्यक्त गर्नुभयो । ३ बर्षदेखि कैद भूक्तानी गरिरहेका भण्डारीले ओखती,भिटामीन र अण्डा पाउँदा खुसी लागेको बताउनुभयो ।
कैदीबन्दीको स्वास्थ्य अबस्थाका बारेमा कारागार ब्यबस्था बिभाग र कारागार शाखाजहिले पनिगम्भीर हुने गरेको स्वास्थ्यकर्मी द्रोण वलीले बताउनुभयो ।
कारागार शाखा तुलसीपुरमा महिला पुरुष गरि झण्डै ५ सय २५ जनामध्ये ८० बर्ष सम्म उमेरका २० जना थुनुवा कैदी छन् ।
यस्तै,तुलसीपुरका सामाजिकअभियान्ता टोपबहादुर महतरा र गिता महताराले थुुनुवा कैदी २० जनालाई न्यानो कपडा बितरण गर्नुभएको छ ।
महतरा दम्पत्तीले जेष्ठ नगारिक थुुनुवा कैदीहरुलाई कारगारा कार्यालय तुलसीपुरमा सुईटर र टोपी बितरण गर्नुभएको हो ।
आटोभिलेजमा गाडीको बडि बनाउने पेशामा रहेका टोपबहादुर महतराले आफ्नो कमाईबाट बचेको रकमले कैदी बन्दीहरुलाई सुईटर र टोपी बितरण गनुृभएको हो ।
थुनुुवा कैदीहरु मध्ये जेष्ठ नागरिकहरुलाई छनौट गरि सुईटर बितरण गरिएको उहाँले बताउनुभयो ।

कारगार कार्यालय तुलसीपुरका जेलर अमरबहादुर वलीले कारागार अव सुधार गृहको रुपमा बिकास भइरहेको बताउनुभयो ।
कारगारमा सीप सिकाउने काम्पनि भईरहेको बताउनुभयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति एव पत्रकार सुशील बस्नेतले थुनुवा कैदीलाई सीपयुक्त बनाउन सके दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो ।

७९ बर्षिय कविराज बिश्वकर्मा,७५ बर्षिय कामील हुसेन र ७१ बर्षिय यमबहादुर क्षेत्रीले न्यानो कपडाको आबश्यकता भईरहेको अबस्थामा महतरा दम्पतीले उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्नुभयो ।
महतरा दम्पत्तीले बिभिन्न अबसरमा पटक पटक आर्थिक, लत्ताकपडा, खाद्यन्न, तालिम लगायतको सहयोग गदै आउनुभएको छ ।