दलित समुदाय भित्र देखिएका समस्या समाधानका लागि प्रयासरत छु : वि.क (अन्तरवार्ता)

नेपाल दलित संघका केन्द्रिय सदस्य एवम् सामाजिक व्यक्तित्व  डण्डिराम वि.क. संग समसामायिक राजनितिक विषयमा केन्द्रित रहेर गरेका पत्रकार अनिल अधिकारीले गरेको कुराकानी सारसंक्षेपमा ………….

स्वागत छ यहाँलाई !
धन्यवाद !
आजभोली यहाँको व्यस्तता के मा   रहने गरेको छ ?
घरपरिवारको जिम्मेवारी निर्वाह गर्नुका साथै सामाजिक काममा पनि मेरो व्यस्तता रहने गरेको छ । समाजलाई आफूले गर्नुपर्ने योगदान मैले आफ्नो क्षेत्रबाट गरिरहेको छु साथै म आवद्ध राजनितिक पार्टीले दिएको जिम्मेवारी पनि पुरा गरिरहेको छु ।

तपाई नेपाली काँग्रेसको भातृसंघ नेपाल दलित संघको केन्द्रिय सदस्यमा निर्वाचित भए पश्चात आगामी दिनमा के गर्ने सोचमा हुनुहुन्छ ?
मलाई नेपाल दलित संघले विश्वास गरेर केन्द्रिय सदस्यमा चयन गरे पश्चात दलित संघको योजना अनूरुप अघि बढ्ने सोच बनाएको छु । नेपाल भरि छरिएर रहेका १४ प्रतिशत दलित समुदायको हक हितका पक्षमा निरन्तर आवाज उठाउने प्रतिवद्धता जाहेर गर्दै समस्यामा परेका प्रत्येक दलितका घरदैलोमा पुगी समस्या समाधानका लागि लागि पर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

छुवाछुतलाई जघन्ने आपराध मानिन्छ तर दलित भित्रको छुवाछुतलाई तपाई कसरी सम्बोधन गर्नुहुन्छ ?
नेपालको संविधान अनुसार छुवाछुत भन्ने शब्द कहि कतै छैन यदी त्यस्तो कहि कतै देखिएमा कानूनी कारवाहीको समेत व्यवस्था गरिएको छ । विडम्वनाः कानूनमा लेखिएता पनि व्यवहारमा अझै त्यो कुरा लागु हुन सकेको छैन दलित समुदायभित्र पनि छुवाछुत भएको सत्य हो । समय अनुसार यसलाई सच्याउन जरुरी छ । दलित अभियान्ता एवम् अधिकारकर्मीहरुले यस विषयमा गाउँ टोल वस्तीमा पुगी छुवाछुत जघन्ने अपराध हो यसले सामाजिक सद्भाव विथोल्छ भन्ने जस्ता कार्यक्रमहरु मार्फत दलित समुदायका साथै अन्य जातीका समुदायलाई सचेत बनाउदै लैजानुपर्छ । मानिस जन्मिने बेला दलित, ब्राहमण, क्षेत्री भएर जन्मिएको हुदैन उ एउटा नवजात शिशुको रुपमा जन्मिएको हुन्छ । समाज भित्र रहेका विकृति विसंगति र रुढिवादी संस्कारका कारण उ तल्लो जात र माथिल्लो जातमा परिणत हुन पुग्छ । यस विषयमा सामाजिक अभियान्ता, दलित अधिकारकर्मीहरुको एउटै आवाज हुनु पर्छ र सामाजिक कार्यमा समान सहभागीता व्यवस्था गरिनुपर्छ ।  व्यवहारिक रुपले यी यस्ता समस्याको सामाधान गर्न हरेका सचेत नागरिक जागरुक हुनुपर्छ भन्ने मेरो बुझाई हो ।

माईतीघर मण्डलामा दलित अभियान्ताहरुले जातीय विभेदका विरुद्ध सरकारका विपक्षमा आन्दोलन गर्दै आएका छन्, यस विषयमा तपाईको भनाई के छ ?
दलित अभियान्ता एवम् अधिकारकर्मीहरुले काठमाडौंको माईती घर मण्डलामा जुन विषयवस्तु उठान गरेर आन्दोलन गरिरहनु भएको छ  यसमा हाम्रो नैतिक समर्थन छ । दलित र गैर दलित विच प्रेम भई अन्तरजातीय विवाह भईसकेको अवस्थामा सिंगो राज्य व्यवस्था नै लाग्नु न्यायोचित होईन जस्तो मलाई लाग्छ । संवैधानिक व्यवस्था अनुसार अन्तर जातीय विवाह गर्न पाईने व्यवस्था छ तर यस विषयमा चालिस लाख दलितहरुको मनोवल गिराउने गरि जुन हतकण्डा अपनाईयो यो विषय समय सान्दर्भिक र समाज सुहाउदो होईन । यस विषयमा हतकण्डा अपनाउनेहरु सच्चीन जरुरी छ जस्तो मलाई लाग्छ ।


दलित समुदायभित्रका मुख्य सास्या के हुन र समस्या समाधानमा यहाँको सोच के छ ?
दलित समुदायभित्रको प्रमुख समस्या भनेको गरिवी, अशिक्षा, पछौटेपन, बेरोजगार, रुढिवादी सोच  हुन् ।  यी समस्या समाधानका लागि राज्य, दलित अभियान्ता, अधिकारकर्मीहरुले गम्भीर भएर सोच्नु पर्छ । राज्यले दलित समुदायका लागि निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ । रोजगारको अवसर दिनुपर्छ  । दलित अभियान्ता एवम् अधिकारकर्मीहरुले पछौटेपन र रुढिवादीका विषयमा निरन्तर साक्षत्तर कार्यक्रम सञ्चालन गरि त्यस विषयमा सचेत बनाउदै लैजाने हो भने समस्या समाधानमा राहात पुग्ने मैले महसुस गरेकोछु र राज्य पक्षलाई पनि यस विषयमा हामी निरन्तर घच्घचाई रहेका छौं ।

तपाईका सुभेच्छुकलाई केही भन्नु छ?
सबै जातजाती भाषाभाषि धर्म पराम्परामा एक रुपता हुन जरुरी छ । मानव–मानव एक नै हो कोही तल्लो र माथिल्लो जातको हुदैन छुवाछुत कहिकतै हुनुहुदैन र गर्नुपनि हुदैन । यस विषयमा सम्पुर्ण मेरा सुभेच्छुक आमाबुवा दाजुभाई दिदीबहिनीहरु सकारात्मक हुनुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।

अन्तिममा ……..?
मलाई समसामायिक विषयमा आफ्ना विचारहरु राख्ने सुअवसर प्रदान गर्नु भएको मा तपाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद !