सप्तरंगीमा खेलकूद सप्ताह सुरू

तुलसीपुर, २२ माघ ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित सप्तरंगी ईग्लसि मिडियम स्कुलकाे ११ औं खेल सप्ताह सुरू भएकाे छ ।

मंगलबार एक कार्यक्रमकाबीच खेल सप्ताह सुरू भएकाे हाे । विद्यालयका प्रिन्सिपल प्रदिप वलीकाे अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका काेषाध्यक्ष ध्रुबकुमार आचार्यकाे प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएकाे छ । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले यस बिद्यालयले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएकाे भएकाे भन्दै प्रशंसा गरे ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी, प्रेस सेन्टर दाङका सचिब दिपक बाेहरा, सञ्चालक समिति सदस्य निलकण्ठ भट्टराई, पत्रकार आशिष केसी, सहायक प्रिन्सिपल गाेपाल गिरी, दिप्ती राणालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।विद्यालय काेर्डनेटर बिमल नेपालले स्वागत मन्तब्य ब्यक्त गरेकाे कार्यक्रमकाे सहजीकरण शिक्षक नन्दू खरेलले गरेका थिए ।

५ दिन सम्म चल्ने खेलकाे उद्घाटनमा चार वटा हाउसले भाग लिनेछन् । फुटबल,खाेखाे, कुर्सीदाैड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलकूद हुनेछन् । खेलकूद शनिबार सकिनेछ । साेही दिन नर्सरीदेखि कक्षा २ सम्मका बिद्यार्थीहरूले प्रयाेगात्मक सीप पनि प्रदर्शन गर्ने छन् ।