तुलसीपुरमा ट्रकको ठक्करबाट एक जना घाइते

तुलसीपुर, २२ मंसिर ।  दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर १२ निवासी २१ वर्षीय अस्मित गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । उहाका अनुसार तुलसीपुरबाट सितलपुर तर्फ जादै गरेको ना २ ख ९८२४ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको रा ७ प ६५५५ नम्बरको मोटरसाइकललाई आज तुलसीपुर ११ को उरहरी नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।


घाइते गिरीको हातमा चोट रहेकाले राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछी तुलसीपुरकै सिटी हस्पिटलमा अप्रेसन गरिएको प्रहरीले जनाएको छ । ट्रकसहित चालक तुलसीपुर १९ का ३४ वर्षीय डम्मर बहादुर खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।