देशैभर मौसम बदली, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
काठमाडौं, २२ माघ ।
आज देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको हो ।

आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू(भागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन ।

बुधबार पनि मौसम बदली हुने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।