तुलसीपुर,२८ भदौ ।
दाङमा दुई महिनामा सर्पको टोकाईबाट ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका छन् ।
साउनमा ३६ महिला र भदौमा १८ महिला गरि ५४ जना तथा साउनमा २८ पुरूष र भदौमा १३ पुरुष गरी ४१ जना सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै साउनमा ६ र भदौमा ६ गरी १२ बालबालिकालाई सर्पले टोकेको थियो। जसमा साउन एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको सर्पदंशका कारण मृत्यु भएको हो ।
दाङमा सर्पदंशको प्रभाबकारी उपचार नहुँदा यसरी विरामीको मृत्यु हुने गरेको छ । विरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिंगे लैजाने गरिएको छ ।
लाइभदाङ । २८ भाद्र २०८०, बिहीबार १५:४३ बजे