गुरुकुल एकेडेमी तुलसीपुरको पहिलो बार्षिकोत्सव सम्पन्न

तुलसीपुर, १७ माघ ।
गुरुकुल एकेडेमी तुलसीपुरले आफ्नो प्रथम वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य तथा प्रख्यात कलाकार कोमल वली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । उत्सवमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, गीत, नृत्य र नाटक प्रस्तुत गरेर आफ्नो कला र क्षमता देखाएका थिए।

यस अवसरमा कोमल वलीले विद्यार्थिहरूलाई होसला प्रदान गर्दै शिक्षा र संस्कृति बीचको समन्वयको महत्वलाई जोड दिनुभएको थियो। ‘आजको युगमा शिक्षा मात्र महत्वपूर्ण छैन, संस्कृतिका संरक्षण र संवर्धनमा पनि हाम्रो कर्तव्य महत्त्वपूर्ण छ,’ उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकि वलीले गुरुकुल एकेडेमी तुलसीपुरमा पहिलो पटक आज अवलोकन गर्ने मौका पाएको र साहि अवसरमा विद्यार्थिहरुको प्रस्तुति हेर्दा अभिभावकहरुले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले आफ्ना बालबालिकाहरुलाई अनावश्यक रुपमा पढाईको चाप दिन नहुने बताउनुभएको थियो । विद्यार्थिमा जुन क्षमता छ त्यसैमा अभिबृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको थियो ।


गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीले जुन लक्ष राखेर विद्यालय संचालनमा ल्याएको छ त्यो लक्ष्य कटिबद्ध भएर पुरा गर्ने बताउनुभयो । साथै जुन विश्वासका साथ अभिभावकले आफ्ना बालबालीकाहरु विद्यालयमा पठाउनुभएको छ । त्यो विश्वासलाई मध्यनजर राख्दै पूर्ण मानव बनाउने र शिक्षासंगै संस्कार र संस्कृतिमा पनि विद्यार्थिलाई अब्बल बनाउने बताउनुभयो ।

यस्तै कार्यक्रममा विद्यार्थि सहित गुरुकुल एकेडेमी घोराहीक प्रधानाध्यापक डा. कृष्णराज डिसी ,जेष्ठ नागरीक समुह दाङका सदस्य ललीत बहादुर वली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी संयोजक चिन्तना धितालले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षकहरु बासुदेब योगी ,श्रृजना बोहोरा र विद्यार्थीहरु मार्शल वली र सिमरण सुनारले गर्नुभएको थियो ।