९१ बर्षिय भबिलाललाई मोबाइल हस्तान्तरण

निराश पान्डे
शान्तिनगर, ५ असार ।

शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर केसी ले ९१ बर्षिय वृद्ध भबिलाल घर्तीलाई एक थान मोबाइल र नमस्तेको सिम उहाँकै निवासमा गइ शनिबार हस्तान्तरण गरेका छन्। वृद्ध भबीलाल घर्ती बिगत दुई बर्ष अघि देखि शान्तिनगर गाउँपालिका वडा नम्बर ४ चिराघाट स्थित जेष्ठ नागरिकको भवनमा एक्लै बस्दै आउनु भएको छ। १७ बर्ष को उमेरमा भारत जानू भएका घर्ती ७० बर्षको भारतको बसाइ पछि २०७५ सालमा नेपाल आउनु भएको थियो ।


आफ्नो लागि कुनै साहारा नभए पछि घर्ती जेष्ठ नागरिकको भवनमा एक्लै बस्दै आउनु भएको छ।आफुले पाउने वृद्ध भत्ताको पैसा बाट साझ बिहानको छाक टारेको बताउदै घर्तिले बिरामी पर्दा औषधि उपचारका लागि रकम अभाव परेको बताउनु भयो । केही दिन अघि वडा अध्यक्ष केसी भबिलालको निवास पुगि समस्याको बारेमा जानकारी लिएका थिए । तदनुसार वडा अध्यक्ष केसी शनिवार आफ्नो ब्यक्तिगत रकमबाट मोबाईल र सिम लगि घर्तीलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस शान्तिनगर वडा नम्बर ३ कि सभापती पार्बती पुन र सचिब देब बहादुर केसीको पनि सहभागिता रहेको थियो, भने घर्तिको मोबाइल नम्बर ९७४२२३०४१९ रहेको छ।