बनलाई समुदायबाट खोसेर सेनालाई बुझाउन खोजिदैछ : बन महासंघ

दाङ
७ असोज / बन महासंघका केन्द्रीय सल्लाहकार घनश्याम पाण्डेले बनलाई समुदायबाट खोसेर सैनिकलाई बुझाउन खोजिएको बताएका छन् । उनले जनताले जोगाएको बनलाई जनताबाट अलग गर्न लागिएको उनले बताए ।

समुदायको बन समुदायले नै जनतालाई नै जिम्मा लगाउनु पर्ने भन्दै यसका बारेमा दवाव सिर्जना गर्न तुलसीपुरमा सामुदायिक बन सम्मेलन हुन लागेको बताए ।‘जनताले जोगाएको बनको जिम्मा जनतालाई नै लगाउनु पर्छ, तर, सरकारले बाघ, गैंडा, जैविक बिबिधता संरक्षणकाका नाममा सैनिकलाई बुझाउन खोज्दैछ’, उनले भने‘ यो नेपालको संविधान अनुसार मिल्दैन ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख समेत रहेका पाण्डेले बनलाई संघीयता अनुसार लैजानु पर्ने भन्दै त्यसकालागि तुलसीपुर उपमहानगरपालिकाले स्थानीय बन ऐन बनाएको समेत बताए । करिब देशभरका एकसय पालिकाले स्थानीय बन ऐन बनाएको समेत उनले बताए । तर, संघ र प्रदेश सरकारले बनलाई बनलाई स्थानीय समुदाय भन्दा अलग बनाउन खोजेको उनको भनाई छ ।


त्यस्तै बन महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले केन्द्रीय सरकारको मातहतमा सामुदायिक बनलाई लैजान लागिएको भन्दै यो गरीब जनतामा विरुद्धमा रहेको बताईन् ।‘बन उपभोग गर्न पाउनु मानव अधिकारको कुरा पनि हो’,उनले भनिन्‘बनलाई केन्द्रीय सरकार मातहत लिन खोजिदैछ, यो कदम सही होइन ।’

तुलसीपुरमा बन अधिकार सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यस्तो बताए ।
तुलसीपुरमा असोज ८ र ९ गते बन अधिकार सम्मेलन हुँदैछ । देशभरका सामुदायिक बन क्षेत्रका १५ सय भन्दा बढि प्रतिनिधि दाङ आउने भएका हुन् ।