
तुलसीपुर, २० पुस । तुलसीपुरमा पक्राउ परेका ९ जुवाडेको नाम खुलाउन प्रहरीले आनाकानी गरेको छ ।
कुनै पक्राउ परेर इलाका प्रहरी कार्यालय नपु¥याउँदै नाम सार्वजनिक गर्ने गरेको प्रहरीले शनिबार तुलसीपुरमा पक्राउ परेका ९ जना जुवाडेको नाम भने ५ घण्टासम्म पनि खुलाउन सकेको छैन ।
यद्यपी अनुसन्धान भइरहेको र रुजु गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले बताए ।
विस्वसनीय स्रोतका अनुसार जुवा खेलिरहेको ठाउँबाट मिनराज वली, लालबहादुर गुरुङ, पूर्ण बहादुर डाँगी, गौरब वली, लोकेन्द्र वली, पुष्प घिमिरे, ओमकार वली,नरबिर वलीलगायतलाई गाडीमा हालेर लगेको हो । यद्यपी प्रहरीले उनीहरु जुवाडे भए वा नभएको बारेमा सार्वजनिक गरेको छैन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गौरव वलीको घरमा जुवा खेलिरहेको अबस्थामा २ लाख ५२ हजार रकम सहित जुवाडेलाई पक्राउ गरिएको हो ।
तुलसीपुर ५ ‘ङ’ लाइनबाट उनीहरु पक्राउ परेका हुन् । दिउसो पौने ४ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।



लाइभदाङ । २० पुष २०८१, शनिबार २१:२५ बजे