
तुलसीपुर, ९ माघ । अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षमा अभय प्रताव चौवेले उम्मेदवारी दिएका छन् । मधेसी कोटाबाट उनले उम्मेदवारी दिएका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आर्युवेद शिक्षणमा बाम्स अध्ययनर चौवेले समावेशी शिक्षा सुनिश्चित गर्न, विद्यार्थीको सहभागिता र नेतृत्वको प्रोत्साहन गर्न, शिक्षा सम्बन्धि जनचेतना अभियान सन्चालन गर्न, शिक्षा र पाठ्यक्रम सुधार गर्न तथा डिजिटल शिक्षा र प्रबिधिको उपयोग गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।



उनी संस्कृत विश्वविद्यालयको बाम्सको हरेक आन्दोलनको नेतृत्व गरेर स्थापित भएका ब्यक्ती हुन् ।
लाइभदाङ । ९ माघ २०८१, बुधबार २१:५४ बजे