कोरोनामा सहयोग गरेको भन्दै नायक शाहलाई सम्मान

दंगीशरण, ९ माघ ।
दंगीशरण गाउँपालिका वडा नं. ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि,पर्यटन तथा ब्यापारीक महोत्सवमा बुधवार नेपाली फिल्म इन्डस्ट्रीका रियल नायक पल शाहलाई हेर्न हजारौको संख्यामा दर्शकहरुको उपस्थित रहेकोथियो ।

बुधबारको कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका अग्रज नेता केशव आचार्यको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यता रहेकोथियो ।


पल शाहलाई स्वागत तथा सम्मान गर्दै दंगीशरण-६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक रोशन जङ्ग शाह र कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेस दाङका नेता केशव आचार्यले साविक प्राथमिक स्वास्थ्यकेन्द्र बागरलाई कोरोना महामारीका बेला नायक पल शाहले पु¥र्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मानपत्र प्राप्त गरेपछि नायक पल शाहले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका थिए । बुधबार कलाकार गोबिन्द मधुर आचार्य,नबिन वली लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।