स्वास्थ्य मन्त्री मोहन बस्नेत दाङ आउदै

लमही, १५ असोज ।
स्वास्थ्य मन्त्री मोहन बस्नेत दाङ आउने भएका छन् । लमहीमा आयोजना हुने प्रदेश स्वास्थ्य मन्त्रीहरुको भेलालाई सम्वोधन गर्न मन्त्री बस्नेत दाङ आउन लागेका हुन् ।


त्यस्तै सोही अवसर पारेर मन्त्री बस्नेतले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलि असोज १६ गते विहान अवलोकन गर्ने कार्यक्रम तय भएको मन्त्रीको सचिवालयले जनाएको छ ।