तुलसीपुर ११ मा वडाध्यक्ष कप फूटवल सुरु

तुलसीपुर, ४ कात्तिक । तुलसीपुरउपमहानगरपालिका वडा न ११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको खेल मैदानमा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले खेल क्षेत्रको पुर्वाधार बिकास बिना सिङ्गो खेल क्षेत्रको बिकासको परिकल्पना गर्न नसकिने बताएका थिए । उनले तिनै तहका सरकार यसतर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका थिए । खेलकुद राष्ट्रको गौरव र पहिचान स्थापित गर्ने एक मात्र दरिलो माध्यम भएको हुदा राज्यको चासो र चिन्तन हुन आवश्यक रहेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसिपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले भौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले उत्तम तुलसीपुरलाई खेलकुद हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताएका थिए । साथै अनुशासनको उच्च आदर्शलाई आत्मसात पालना गरेर खेल खेल्न सबै खेलाडीलाई आग्रह समेत गरेका थिए ।

वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न १८ का अध्यक्ष माधव वली,अमर माबी उरहरीका प्रधनाध्यापक पदम बहादुर वली,नेपाली काग्रेस तुलसीपुर ११ का सभापति हेमराज वली,नेकपा एमाले वडा कमिटि अध्यक्ष भागिराम चौधरी,माओवादी केन्द्रका बेद बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । वडा सदस्य यज्ञ बहादुर बस्नेत स्वागत मन्तव्यबाट सुरु भइको कार्यक्रमको संचालन वडा सचिब पदम कुमार भण्डारीले गरेका थिए ।


प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा बबई लेजेण्ड उरहरीले नवलपुरलाई शुन्यका विरुद्ध ३ गोलको अन्तरले हराउदै विजयी सुरुवात गरेको हो । अर्को खेलमा बबई लेजेण्ड उरहरी बि लाई शुन्यका विरुद्ध २ गोलको अन्तरले अमर माबी उरहरीको फुटबल टिम बिजयी भएको हो ।

प्रतियोगिता अन्तरगत सोमबार बिहान मोतिपुर फुटबल टिम र उरहरी फुटबल टिम बिच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा बेल्टाकुरा ए र बेल्टाकुरा बि भिड्नेछन् । स्थानिय स्तरमा फुटबल खेलको बिकास र बिस्तार गर्न आयोजित प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर र बेष्ट किप्परलाई ट्रफी प्रदान गरिने छ । कार्तिक ८ गते सम्म चल्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहेकोछ ।