गोरखाका विद्यार्थीले खाजा खर्च कटार छिल्लीकोटमा बनाए पानी ट्याङ्की

तुलसीपुर, २८ पुस । गोरखा माध्यामिक विद्यालय तुलसीपुरका विद्यार्थीहरुले खाचा खर्च कटाएर पर्यटकीय स्थल छिल्लीकोटमा पानी ट्याङ्की बनाएका छन् । २०८०/८१ ब्याच ब्यबस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरुले दैनिक खाजा खर्च कटाएर पानी ट्याङ्की बनाएका हुन् ।

त्यहाँ रहेको कालिका मालिका मन्दिरमा आउने तिर्थालु भक्तजन र पर्यटकरुकालागी पानीको सहजताकालागि ट्याङ्की बनाएको विद्यार्थी सोवित बस्नेतले बताए । उक्त ट्याङ्कीको शनिबार हस्तान्तरण गरिएको हो ।

गोरखा ग्रुपका अध्यक्ष बिष्णु घर्तीको अधयक्षता तथा तुलसीपुर १९ का वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उक्त ट्याङ्की हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि योगीले किताबी ज्ञान मात्र नभई सामाजिक कार्यमा लाग्ने प्रेरना दिन यस्ता कार्य गर्नुपर्ने बताएका थिए ।


कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष प्रबिर पुन, मन्दिरका पुजारी दामोदर शर्मा, गोरखा ग्रुपका एकाडमिक डाइरेक्टर दुर्गा केसी, बिजौरी उद्योग बाणिज्य संघका सदस्य चुडामनी रावत, गोरखा मोडेलल कलेजका क्यामपस प्रमुख पूर्ण विक्रम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयका ब्यबस्थापन संकाय संयोजक डम्बर डाँगीले गरेका थिए ।

यस अघि ब्यबस्थापन संकायका विद्यार्थीहरुले बरपिपल चौतारी टोलको खानेपानी ट्याङी निर्माण गरेका थिए, भने मानव सेवा आश्रममा सहयोग गरेका थिए । साथै आगामी दिनमा पनि यस्ता कार्य गर्ने उनीहरुको भनाई छ ।