प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सवको तयारी पुरा

दाङ, २७ पुस ।
प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल समितीका सयोजक अजय बुढाथोकीले जानकारी दिएकाछन । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने मुल आयोजक समितीले बताएकोछ ।

दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव अयोजना गरीएको आयोजक फ्रेन्ड्स स्केट जोन प्रा।लिले जानकारी गराएकोछ ।


१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहनेछ्न । मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । आइतबार भोलि उद्घाटनहुने महोत्सवमा उपस्थितिका लागि सबैमा निमन्त्रणा गरीएको मुल आयोजक समितिले बताएकोछ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।