
भालुबाङ २७ पुस।
राप्ती गाउँपालिका वडा नम्बर २ रामनगर स्थित सु–समचार मण्डली भवनको शुक्रबार शिलान्यास गरिएको छ। भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो।
राप्ती गाउँपालिका र २ नम्बर वडा कार्यालयको ९ लाख रुपैयाँ र स्थानीय जनसहभागिता बाट लाख ७४ हजार ७ सय ६० रुपैयाँ ८८ पैसा गरि कुल १० लाख ७४ हजार ७ सय ६० रुपैयाँ ८८ पैसा लागतमा भवन निमार्ण गर्न लागिएको हो।
रामनगर निवासी मण्डलीका पास्टर राजन रायमाझीले निःशुल्क उपलब्ध गराउनु भएको करिब ७.८ धुर जग्गामा उक्त भवन निर्माण गर्न लागिएको भवन निमार्ण उपभोक्ता समितिका अध्यक्षका पदम बहादुर गुरुङले बताउनुभयो ।
भवन शिलान्यास गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले मण्डली भवन निर्माणले स्थानीय समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।




लाइभदाङ । २७ पुष २०८१, शनिबार ११:५२ बजे