दंगीशरणमा प्रथम वडा भेला सम्पन्न

प्रमोद आचार्य,
दंगीशरण ८ माघ ।
नेपाली काङ्ग्रेस दंगीशरण गाउँपालिकाले आफ्ना वडाहरुमा शनिबार एकै साथ क्रियासिल सदस्य तथा सुबेछुक सहित प्रथम वडा भेला सम्पन्न गरेको छ ।

क्षेत्रीय कार्य समिती क्षेत्र नं. ३ को परीपत्र अनुसार माघ १० सम्म वडाहरुको वडा भेला गरी पठाउनुपर्ने बार्षिक समिक्षा गर्नु पर्ने ,बार्षिक कार्ययोजना तय गर्नुपर्ने निर्देशन अनुसार एकै साथ वडा भेला आयोजना गरिएको दंगीशरण नेपाली काङ्ग्रेसका प्रबक्ता गोबिन्द प्रसाद आचार्यले बताउनुभयो ।काङ्ग्रेसलाई चलायमान बनाउन र सङ्गठन सुदृढीकरण गर्न वडा भेला तथा प्रशिक्षण कार्यक्रमले टेवा पुर्याउने प्रबक्ता आचार्यले बताउनुभयो ।


वडा नं. ३ बाहेक बाकि ६ वटा वडाहरुको प्रथम वडा भेला सम्पन्न गरेको पालिकाले ३ नं. वडामा यही ९ गते वडा भेला गर्ने बताएको छ ।