
तुलसीपुर, २७ पुस । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले संविधान संसोधनका नाममा जनताका अधिकार कुन्ठित गर्न खोजिएको बताएका छन् ।
दुई ठूला दलले जनताका अधिकार कुन्ठित गर्न खोजेको भन्दै यसमा सचेत हुनुपर्ने बेला भएको उनको भनाई छ । “दुई ठूला भनिने दलले संविधान संसोधनका नाममा यथास्थितिमा रमाउँदै जनताका अधिकार कुन्ठित हुने गरि संविधान संसोधन गर्न खोजेका छन्”,उनले भने“यसमा जनता जाग्नु पर्ने बेला आएको छ ।” त्यसकालागि माओवादी केन्द्रले ६ महिना खवरदारी अभियान चलाउने बताए ।
साथै उनले देशमा सुशासन कायम गर्न पार्टी भित्र पनि सुशासन चाहिने भन्दै पार्टी भित्रका नेताको सम्पति छानविन गर्ने गरि लेखा आयोगलाई जिम्मेवारी दिईएको छ ।
यसले पार्टी भित्रका नेताहरुको सम्पतिका विषयमा जनताले बुझ्ने बताए । नेकपा माओवादी केन्द्र तुलसीपुर १७ कमिटिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । कार्यक्रममा केन्द्रीय सल्लाहकार समितिका सदय शेसुराम भण्डारी, वातावरण विभाग सदस्य डिल्ली रावतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सम्मेलनले अर्जुन सुनारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मधु केसी,सचिबमा नविन खड्का, सहसचिबमा लक्ष्मी डाँगी, कोषाध्यक्षमा इश्वरी अधिकारीलाई चयन गरिएको छ ।



लाइभदाङ । २६ पुष २०८१, शुक्रबार २१:२५ बजे