थारुजाती लोकतान्त्रिक,वैज्ञानिक,संस्कृती र परम्पराको खानि : गिरी

oplus_0

दंगीशरण, २६ पुस ।
थारुजाती लोकतान्त्रिक,बैज्ञानिक,सस्कृती र परम्पराको खानि रहेको दाङ क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य दिपक गिरीले बताएका छन् । दंगीशरण गाउँपालिकाको आयोजनामा २६ र २७ गते चल्ने २ दिने माघि मघौटा म्याला २०८१ को शुक्रबार एक कार्यक्रमकाविच उद्घाटन गर्दै पुर्व सिचाइ मन्त्री गिरीले थारु सस्कार अनुसार निश्राउ दिएर मघौटा मेलाको उद्घाटन गरेकाहुन ।

उद्घाटन अवसरमा बोल्दै गिरीले आफु निर्वाचनमा नेपालि काङ्ग्रेसको चुनाव चिन्ह रुखबाट चुनाव लडेपनि निर्वाचनबाट निर्वाचित भएपस्चात समग्र दाङ क्षेत्र नं. ३ को साझा बिकाशका लागि अगाडि बढेको बताए । आफ्नो क्षेत्रमा पहिलेदेखि सिचाइका लागि किसानहरुले बाध तथा कुला लाग्नका लागि झ्याला बोक्नुपर्ने प्रथाको अन्त्यगर्दै दाङमा तटबन्ध तथा पक्कि बाधहरुको शुरुवात गरेको दावी गरे ।

अर्को प्रसङ्गमा प्रमुख गिरीले आफु छोटो समयमा सिचाइ मन्त्री हुदा दाङको सिचाइको बृहत विकासका लागि बृहत दाङ् सिचाइ योजना स्थापना गर्न सफल भएको र यहाँको सिचाइ सम्बन्धि समस्याको अन्त्यगर्न मदत पुगेको बताए ।

आफ्नो क्षेत्रमा बजेट परेका योजनाहरुको ठेकेदारको लापरबाहीले सम्पन्न हुन नसकेका योजनाहरु कार्यान्वयन गराउनतर्फ आफु लागेको समेत बताए । करीब २० मिनेट बोलेका संविधानसभा सदस्य गिरीले किसान र बेरोजगार युवाहरुको पक्षमा आफुले सदैब सदनमा आवाज उठाउदै आएको समेत जानकारी गराए ।


शुक्रबार र शनिवार २ दिन चल्ने माघि मघौटा म्यालामा थारु जातीहरुको इतिहास र सस्कार झल्कने सामाग्रीहरु समेत प्रदर्शन गरीएको छ । मघौटा मेलामा दंगीशरण गाउँपालिकाभित्र स्थानिय स्तरमा उत्पादित कच्चापदार्थबाट निर्मित स्थानीय हस्तकलाहरु समेत राखिएको छ । यस्तै थारुजातीका पुराना पुरान पैया नाच,लठ्ठवा नाच,कठगोरी नाच ,ढोलाहा नाच,सख्या नाच,लगायतका ७ वटै वडाबाट आएका करीव ३५ बढि नृत्यहरु समेत प्रस्तुत गरीएको थियो ।

मघौटा मेलाका प्रमुख सल्लाहकार वडा नं. ६ का वडा सदस्य तथा सामाजिक विकाश समितीका सयोजक रोशन जंग शाह रहेकाछ्न भने मेला सफल पार्न शुकलाल चौधरीको सयोजकत्वमा विभिन्न उपसमिती समेत गठन गरीएकोछ ।

मघौटा म्यलाका सयोजक शुकलाल चौधरीको अध्यक्षता, पुर्व सिचाइ मन्त्री तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीको प्रमुख अथित्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यतमा मेलाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएकोहो । दंगीशरण गाउँ कार्यपालिका सदस्य मिना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका कम्प्युटर अपरेटर मस्तविर चौधरीले गरेकाथिए ।