पालिका स्तरिय स्थानीय विपत व्यवस्थापन समितिको बैठक हापुरेमा सम्पन्न

हापुरे, २० मंसिर ।
दाङको बबई गाउँपालिका स्तरिय स्थानिय विपत व्यवस्थापन समितिको बैठक हापुरेमा सम्पन्न भएको छ । मंगलबार बबई गाउँपालिकाका अध्यक्ष तथा स्थानिय विपत व्यवस्थापन समितिका संयोजक कुल बहादुर खत्रि क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकले पालिका स्तरमा भुकम्प, आगलागी तथा बर्षाका कारण विपदसंग सम्बन्धित घटनाका पिडितहरुलाई नगत राहात उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले बबई ४ कि राजकुमारी बुढा, बबई १ का दिल बहादुर घर्ती र बबई ७ कि हिरा कुमारी चौधरीको परिवारलाई जनही १० हजार रुपैयाँका दरले राहात उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै बबई २ का लोकमान खत्री तथा बबई ५ का रतिराम कामिको परिवारलाई जनही ७ हजार रुपैयाँ राहात स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।


त्यस्तै बैठकले यसअघि आगलागी, हावाहुरी तथा बर्षाका कारण घरमा क्षति बेहोरेका पतिराम थारु र झुपलाल बुढाको परिववारलाई प्रदान गरिएको राहत रकम जनहि १० हजार रुपैयाँ तथा भिम बहादुर वलिको परिवारलाई प्रदान गरिएको राहात रकम रु ७ हजार रुपैयाँ अनुमोदन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भुकम्पका कारण क्षति बेहोरेको बबई गाउँपालिका वडा नम्बर ६ मा पर्ने पञ्चकुले धारापानी खानेपानी ट्याङ्कीलाई पुनर्निर्माणका लागि प्रदेश स्तरिय विपत व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ भने जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितकालागि आर्थिक साहेता प्रदान गर्ने भन्ने प्रस्ताव बबई गाउँपालिकाको कार्यपालिका बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकको सहजिकरण स्थानीय विपत व्यवस्थापन समितिकी फोकल पर्सन बिमला भण्डारीले गर्नुभएको थियो ।